सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, भाद्र १६, २०८१ | १२:३८:३४
चितवन, १६ भाद्र । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १६, २०८१ |
१२:३८:३४
3169