उत्कृष्ट कार्यसम्पादन गर्ने खैरहनी र रत्ननगरका मेयर सम्मानित
चितवन, २७ भदौ । नेपाली काङ्ग्रेसको केन्द्रिय समितीले चितवनको दुईवटा नगरपालिकाका नगर प्रमुखलाई सम्मान गरेको छ । आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाहरुलाई सम्मान गरेको हो । २०७९/८० को स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा देशभरमै प्रथम भएको खैरहनी नगरपालिका र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा देशभरमा तेस्रो भएको रत्ननगर नगरपालिकालाई सम्मान गरेको हो । पार्टी केन्द्रिय सभापति शेर बहादुर देउवाले खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया र रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटालाई सम्मान गरेका हुन् ।
विहीबार काठमाडौंमा आयोजित बृहत समारोहकाबीच चितवनका दुई पालिकासहित २१ स्थानीय तहलाई सम्मान गरेको हो । उत्कृष्टहरुलाई सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरुले सम्मान गरेका हुन् । खैरहनी नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरमै उत्कृष्ट ठहरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०७९।०८० को मूल्यांकनमा ९९ प्रतिशत सूचाङ्कसहित खैरहनी नगरपालिका उत्कृष्ट भएको हो ।


















