खैरहनिको बक्तृत्वकला प्रतियोगितामा प्रमिसा प्रथम
चितवन , २९ भदौ । खैरहनी नगरपालिकाले आयोजना गरेको नगर स्तरीय बक्तृत्वकला प्रतियोगितामा वडा नम्बर ९ कि प्रमिशा रिजाल प्रथम भएकी छिन । सहभागी २३ जना मध्य २२ जनालाई पछि पार्दै रिजाल प्रथम भएकी हुन् ।
बाल दिवसको अवसर पारेर बालमैत्री स्थानीय शासनमा सरोकारवालाको भुमिका बिषयक प्रतियोगितामा वडा नम्बर ८ कि संजिला सुवेदी द्वितीय ,वडा नम्बर १३ का बिश्वास भण्डारि तृतीय तथा वडा नम्बर ६ कि कृतिका आचार्य र वडा नम्बर ११ कि आशिका तिमल्सिनाले सान्त्वना स्थान हासिल गरेको खैरहनी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङले जानकारी दिईन । प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वनालाई क्रमश नगद ५ हजार , ४ हजार , ३ हजार र २ हजार प्रदान गरिएको थियो ।
प्रतियोगिताका बिजयीहरुलाई नगर प्रमुख शशि कुमार खनिया,उपप्रमुख कविता उप्रेती र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले पुरस्कार प्रदान गरेका थिए । उद्घाटन कार्यक्रममा खैरहनी नगर प्रमुख खनियांले नगर भित्रका कुनै पनि बालबालिका खाना,स्वास्थ्य र शिक्षा बाट बन्चित हुन नपर्ने बताए । उपप्रमुख उप्रेतीले बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले कुनै पनि बालबालिका शिक्षाको ज्योति बाट बन्चित नहोस भनेर कार्यक्रम संचालन गरिरहेको बताए । खैरहनी नगरपालिकालाई आगामी २०८३ सालभित्र बालमैत्री नगर घोषणा गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।


















