५७ अंकले घट्याे सेयर बजार
प्रकाशित मिति: सोमबार, भाद्र ३१, २०८१ | १७:१३:१३
चितवन, ३१ भदौ । नेप्सेमा आज ५७ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अंकले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ३१, २०८१ |
१७:१३:१३
2157



















