विहिबार सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बिहिबार, आश्विन ०३, २०८१ | ११:५१:३७
चितवन , ०३ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०३, २०८१ |
११:५१:३७
1959



















