नेप्सेमा भारी अंकको गिरावट, परिसूचक २४७० विन्दुमा
प्रकाशित मिति: मंगलबार, आश्विन ०८, २०८१ | १७:३४:३७
चितवन, ०८ असोज । नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो । आज ३०९ कम्पनिको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१ लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०८, २०८१ |
१७:३४:३७
3477
























