लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो
प्रकाशित मिति: शुक्रबार, आश्विन ११, २०८१ | १२:०३:२९
चितवन, ११ असोज । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ११, २०८१ |
१२:०३:२९
3191
























