सेयर बजारमा ४४ अंकको वृद्धि, काराेबार कति ?
प्रकाशित मिति: सोमबार, आश्विन १४, २०८१ | १७:४६:५०
चितवन, १४ असोज । नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार नेप्से परिसुचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज सिइडिबी हाइड्रोको सबै भन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन १४, २०८१ |
१७:४६:५०
397