सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
प्रकाशित मिति: शुक्रबार, आश्विन १८, २०८१ | १२:५८:४६
चितवन, १८ असोज । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो। आज सुन तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो ।
यस अघि विहिबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँ थियो। त्यसयता केही दिन घटेको सुनको मूल्य विगत तीन दिनदेखि लगातार बढिरहेको छ । त्यस्तै आज आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ५० रुपैयाँ थियो ।
प्रकाशित मिति : शुक्रबार, आश्विन १८, २०८१ |
१२:५८:४६
1695