बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा नयाँ व्यवस्था
प्रकाशित मिति: बुधबार, आश्विन २३, २०८१ | ११:४६:१६
चितवन, २३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको हो । इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्टरूपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ।
शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने एकिन भएको हकप्रद र बोनस शेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिनेछ ।
प्रकाशित मिति : बुधबार, आश्विन २३, २०८१ |
११:४६:१६
925