सेयर बजारमा ४७ अंकको गिरावट, कारोबार रकम ८ अर्बमाथि
प्रकाशित मिति: आइतबार, कार्तिक ०४, २०८१ | १७:४२:२४
चितवन, ०४ कार्तिक । आज सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक ४७ दशलमव ४४ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०४, २०८१ |
१७:४२:२४
2443
























