२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्बमाथि
प्रकाशित मिति: मंगलबार, कार्तिक ०६, २०८१ | १६:११:४०
चितवन, ०६ कार्तिक । सेयर बजारमा मंगलबार दाेहाेराे अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार २५.८८ अंकले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो ।
मंगलबार कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज गुडविल फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ०६, २०८१ |
१६:११:४०
3279
























