हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: सोमबार, कार्तिक १२, २०८१ | १४:१३:१७
चितवन, १२ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा ४०० रुपैयाँले घटेर एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : सोमबार, कार्तिक १२, २०८१ |
१४:१३:१७
2597
























