सुन आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, कतिमा हुदैँछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, कार्तिक १३, २०८१ | १३:५७:३६
चितवन, १३ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदीकाे मूल्य २ हजार ६५ रुपैयाँ थियाे।
प्रकाशित मिति : मंगलबार, कार्तिक १३, २०८१ |
१३:५७:३६
1387