एकैदिन २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, कार्तिक २९, २०८१ | १४:३८:२१
चितवन, २९ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०८१ |
१४:३८:२१
2047










