बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, मंसिर ०३, २०८१ | १२:२७:४४
चितवन, ०३ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०३, २०८१ |
१२:२७:४४
4203
























