तोलामा १ हजार बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, मंसिर ०६, २०८१ | १४:१८:४८
चितवन, ०६ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०६, २०८१ |
१४:१८:४८
1343