१५ सय बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, मंसिर ०७, २०८१ | १२:५१:३०
चितवन, ०७ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी दश रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०७, २०८१ |
१२:५१:३०
3015














