५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
प्रकाशित मिति: आइतबार, मंसिर ०९, २०८१ | १३:३४:५९
चितवन, ०९ मंसिर । बैंकिङ प्रणालीमा लगातार अधिक तरलता भएपछि आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण राष्ट्र बैंकले निरन्तर बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गरेर ब्याजदरलाई एउटा वाञ्छित सीमाभित्र राख्ने प्रयास गरिरहेको छ ।
आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । उक्त उपकरणमा लगानी गर्न चाहने बैंकले आइतबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०९, २०८१ |
१३:३४:५९
881