एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ | १४:२२:१८
चितवन, १० मंसिर । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो प्रतितोला चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : सोमबार, मंसिर १०, २०८१ |
१४:२२:१८
1409