नेप्से परिसूचक ३८.८१ अंकले बढ्यो
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ | १६:००:४५
चितवन, १२ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३८.८१ अंक बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । आज कारोबार रकम एक अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ ।
यस दिन नौ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सात अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन २०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३८ कम्पनीको सेयर मूल्य भने घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक घटेको छ । अरु सबै समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १२, २०८१ |
१६:००:४५
463