सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ | १३:४९:२३
चितवन, १६ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला पाँच रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : आइतबार, मंसिर १६, २०८१ |
१३:४९:२३
1079