आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ | १२:५२:१०
चितवन, १९ मंसिर । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज एक लाख ५० हजार चारसय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य एक लाख ५० हजार ३०० रुपैयाँ थियो।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठ सय ४५ रुपैयाँ थियो।
प्रकाशित मिति : बुधबार, मंसिर १९, २०८१ |
१२:५२:१०
881