बौद्ध दर्शनमा भुटानी राजा
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ | १४:५२:०९
चितवन, २१ मंसिर । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथकाे पूजा अर्चनासहित दर्शन गरेका छन् । स्वयम्भूकाे दर्शनपछि उनले बाैद्धनाथकाे दर्शन गरेका हुन्। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत थिए ।
करिब आधा घण्टा स्वयम्भूमा रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका थिए।
आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०८१ |
१४:५२:०९
2047



















