घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ | ११:२७:००
चितवन, २३ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला पच्चीस रुपैयाँले घटेर आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको छ । शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर २३, २०८१ |
११:२७:००
1167