भवन निर्माण व्यवसायी संघको अध्यक्षमा घिमिरे
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ | २१:५१:३१
चितवन, २३ मंसिर । भवन निर्माण व्यवसायी संघ पुर्वी चितवनको अध्यक्षमा कपिल घिमिरे चयन भएका छन् । संघको शनिबार भएको १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकालको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद डोटेलले जानकारी दिए ।
संघको उपाध्यक्षमा टेक बहादुर डुमजन , सचिवमा राम बहस दरै , सह सचिवमा दुर्गा बहादुर थापा , कोषाध्यक्षमा जित बहादुर सुनार , सदस्यहरुमा रेशम बहादुर श्रेष्ठ , भक्त बहादुर गिरि , ओम प्रसाद रेग्मी , नवराज सुवेदी र भुवन गान्धारी निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत डोटेलले बताए ।
प्रकाशित मिति : आइतबार, मंसिर २३, २०८१ |
२१:५१:३१
1299