बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ | १२:०१:४९
चितवन, २४ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २४, २०८१ |
१२:०१:४९
815