तोलामै २१०० बढ्यो सुन, भाउ कति ?
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ | १३:५८:३४
चितवन, २५ मंसिर । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २५, २०८१ |
१३:५८:३४
727