घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ | १३:३२:५९
चितवन, २८ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।
बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०८१ |
१३:३२:५९
1079