अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची
चितवन, ०६ पौष । सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ । बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस) का वरिष्ठ कूटनीतिज्ञहरू र प्रतिनिधिहरू बीचको बैठक पछि अमेरिकाले सो पुर्ववत अडान छाडेको हो ।
जस अनुसार अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरालाई गिरफ्तार गर्नका लागि यसअघि राखेको १०मिलियन अमेरिकन डलर खारेज गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी सहायक राज्य सचिव बारबरा लीफले शारासँगको छलफल “धेरै फलदायी” भएको र उनी “व्यावहारिक” भएको बताइन् । यतिखेर अमेरिकी प्रतिनिधिमण्डल राजधानी दमास्कसमा बिद्रोहीहरूको नयाँ सरकारका प्रतिनिधिसँग छलफल र बार्तामा छ ।
एचटीएसले पन्ध्र दिन भन्दा कम समय अघि बसर अल-असद शासनलाई पराजित गरे पछि अमेरिकन कुटनीतिज्ञ पहिलो पटक दमास्कस पुगेको हो ।
वाशिंगटनले सो बेला सम्म पनि यसलाई आतंकवादी समूहको रूपमा तोकेको छ।