सुनको भाउ २०० ले बढ्यो, ताेलाकाे कति ?
प्रकाशित मिति: मंगलबार, पौष ०९, २०८१ | १३:३४:५९
चितवन, ०९ पौष । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य एक हजार सात सय ९० रुपैयाँ थियो ।
प्रकाशित मिति : मंगलबार, पौष ०९, २०८१ |
१३:३४:५९
815