तोलामा ६०० रुपैयाँले बढ्यो सुन, भाउ कति ?
प्रकाशित मिति: बिहिबार, पौष ११, २०८१ | १२:३९:२३
चितवन, ११ पौष । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष ११, २०८१ |
१२:३९:२३
683