खैरहनी महोत्सवमा आज बद्री पंगेनी र कमल खत्री आउंदै, महिलालाई टिकटमा ३० रुपैयाँ छुट
चितवन, १४ पौष । तेस्रो खैरहनी महोत्सवको आज दशौं दिन चर्चित गायक गायिकाहरु आउंदैछन । महोत्सवको कला तथा सांस्कृतिक समितिका अनुसार आज आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी सहितका कलाकार आउंदैछन । समितिका संयोजक अर्जुन लम्सालका अनुसार पंगेनी संगै युवा गायक कमल खत्री ,स्थानीय गायिका मुना अर्याल सहित पर्सा डान्स सेन्टरका कलाकारहरुको प्रस्तुति रहनेछ ।
आइतबार आयोजकले महिलाहरुका लागि टिकटमा ३० रुपैयाँ छुटको ब्यबस्था गरेको छ । महोत्सवका संयोजक एवं आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनालले अरु दिन ८० रुपैयाँँ रहेको प्रवेश टिकट आइतबार महिलाहरुका लागि ३० रुपैयाँ छुट गरि ५० रुपैयाँ कायम गरेको जानकारी दिए ।
पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुने छ । यता पर्सा बजारका होटल ब्यवसाय संगै अन्य ब्यबसायको प्रबर्द्धन गर्न आयोजकले शनिबारदेखि प्रथम खैरहनी फुड फेस्टिवल सुरु गरेको छ । यो फेस्टिवल पुस १५ गते सोमबार सम्म चल्नेछ ।