महोत्सवमा संचालित वक्तृत्वकलामा मोडर्नकि प्रकृति प्रथम
खैरहनी , १४ पुष । तेस्रो खैरहनी महोत्सवमा आज वक्तृत्वकला प्रतियोगितामा गरिएको छ । प्रतियोगितामा मोडर्न इङलिस बोडिङ् स्कुलकी प्रकृति थापा प्रथम भईन। कुल १५० अंकमा उनि १२६ अंकका साथ प्रथम भएकी हुन ।
खैरहनी नगर प्याब्सनको संयोजनमा महोत्सव परिसरमै आयोजित प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी मन्जिला तिमिल्सिना द्वितीय भईन । त्यस्तै ग्लोसाइन एकेडेमीकि बन्दना पुडासैनी तृतीय तथा खैरहनी माबिकी मानस्बी खरेलले सान्त्वना स्थान हासिल गरेकी खैरहनी नगर प्याब्सनका कोषाध्यक्ष पुष्कर रिमालले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार , द्वितीयलाई चार हजार , तृतीयलाई तीन हजार र सान्त्वनालाई दुईहजार रुपैया प्रदान गरिने उद्योग वाणिज्य संघका महासचिव विनोद अर्यालले बताए ।
त्यस्तै महोत्सवमा आज गायक बद्री पंगेनी र कमल खत्रीको सांगेतिक प्रस्तुति रहेको थियो । महोत्सव परिसरमा आफ्नो प्रस्तुति पश्चात् गायकद्वयले महोत्सवकै अवसरमा आयोजित प्रथम फुड फेस्टिबलमा समेत दर्शकहरुलाई गितमा झुमाए ।महोत्सवको एघारौं दिन सोमबार गायक दुर्गेश थापा र डान्सर प्रिती पासवान आउने महोत्सवको प्रचारप्रसार तथा सूचना संचार समितिका संयोजक बिक्रम खड्काले जानकारी दिए ।
महोत्सवमा भोलि कृषि उपज प्रदर्शनीका उत्कृष्टहरुलाई तथा खुल्ला रोड रेसका बिजेताहरुलाई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको महोत्सवका संयोजक एव संघका अध्यक्ष कुमार खनालले जानकारी दिए ।