गैंडाको आक्रमणबाट खैरहनीमा एकजनाको मृत्यु
प्रकाशित मिति: आइतबार, पौष १४, २०८१ | २३:३३:५८
चितवन , १४ पुस । चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा खैरहनी नगरपालिका वडा नम्बर १३ की ३२ वर्षिया मेन्दोमाया वाइवा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिव ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । भण्डारीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।
प्रकाशित मिति : आइतबार, पौष १४, २०८१ |
२३:३३:५८
551