तेस्रो खैरहनी महोत्सव आज सकिदै , निशुल्क प्रवेश गर्न पाउने
प्रकाशित मिति: बुधबार, पौष १७, २०८१ | १०:११:४५
चितवन , १७ पुष । तेस्रो खैरहनी महोत्सव आज सकिदैछ । पुर्व घोषित तालिका अनुसार मंगलबार सकिनु पर्ने महोत्सव एक दिन थप गरिएको हो । महोत्सवका संयोजक एवं उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष कुमार खनालका अनुसार दर्शकको माग र अङ्ग्रेजी नयाँ बर्षलाई मध्यनजर गर्दै एक दिन महोत्सवको समय थपिएको हो । खैरहनी महोत्सव पुस ५ गतेदेखि सुरु भएको हो ।
थपिएको समय आजका लागि भने दर्शकले निशुल्क प्रवेश गर्न पाउने ब्यबस्था गरिएको छ । अन्य दिन ८० रुपैयाँ टिकट शुल्क रहेकोमा अन्तिम दिन अवलोकनकर्ताले बिना टिकट निशुल्क प्रबेश गर्न पाउने महोत्सव संयोजक खनालले जानकारी दिए । महोत्सवको समापन बागमती प्रदेश सभा सदस्य एवं पुर्व अर्थमन्त्री जेएन थपलियाको प्रमुख आतिथ्यतामा हुने संयोजक खनालले बताए ।
प्रकाशित मिति : बुधबार, पौष १७, २०८१ |
१०:११:४५
705