म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, पौष २९, २०८१ | १९:५१:०४
चितवन, २९ पौष । म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए ।
सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए ।
मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उहाँले बताउनुभयो । हाल उद्धार कार्य जारी रहेको छ ।
प्रकाशित मिति : सोमबार, पौष २९, २०८१ |
१९:५१:०४
771