सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, माघ ०१, २०८१ | ११:३६:४७
चितवन, ०१ माघ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ०१, २०८१ |
११:३६:४७
771