तोलामा १२ सयले बढ्यो सुन, भाउ कति ?
प्रकाशित मिति: बिहिबार, माघ ०३, २०८१ | ११:३८:०७
चितवन , ०३ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार (हिजो) सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० मा किनबेच भएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ ०३, २०८१ |
११:३८:०७
727