चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित
प्रकाशित मिति: सोमबार, माघ ०७, २०८१ | १४:०४:०७
चितवन, ०७ माघ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाइएको थियो ।
छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका(११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका असई बुद्धिबहादुर घर्ती भुजेल रहेको खुलेको छ । भुजेललाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिएको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, माघ ०७, २०८१ |
१४:०४:०७
881