आज कतिमा कारोबार हुँदैछ सुन ?
प्रकाशित मिति: सोमबार, माघ ०७, २०८१ | १४:०५:३६
चितवन, ०७ माघ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोलामा १ लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ ०७, २०८१ |
१४:०५:३६
705