सिमेन्टको मूल्य वृद्धिबारे लेखा समितिले उद्योगमन्त्रीसँग जबाफ माग्ने
प्रकाशित मिति: मंगलबार, माघ ०८, २०८१ | १५:०२:३९
चितवन, ०८ माघ । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाएको हो ।
मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । पछिल्लो केही महिनादेखि सिमेन्टको मूल्य अत्यधिक बढेको भन्दै निर्माण व्यवसायीहरूले गुनासो गरिरहेका छन् ।
प्रकाशित मिति : मंगलबार, माघ ०८, २०८१ |
१५:०२:३९
683