सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, माघ १८, २०८१ | १२:४१:५३
चितवन, १७ माघ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ १८, २०८१ |
१२:४१:५३
837