खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मिति: शनिबार, माघ २०, २०८१ | १५:०७:१०
चितवन, १९ माघ । पुर्वीचितवनको खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित मगनी चोकमा बसले रिक्सालाई ठक्करदिदा रिक्सा चालकको मृत्यु भएको हो । आज बिहान करिव ११ बजे बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२२ नम्बरको बसले रिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा परि खैरहनी नगरपालिका वडा नम्बर ३ गोठशोर निवासी अन्दाजी ४४ वर्षिय बलराम मैनालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मैनालीको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि खैरहनी न.पा.८ मगनीचोक बस्ने बर्ष २८ को देवीलाल श्रेष्ठ मध्यम घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, माघ २०, २०८१ |
१५:०७:१०
2399