बहस नसकिएपछि रवि फेरि हिरासतमा
प्रकाशित मिति: बुधबार, माघ २४, २०८१ | १७:५९:५०
चितवन, २३ माघ । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले उनीहरूलाई हिरासतमा राख्न आदेश गरेको हो ।
जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए।
प्रकाशित मिति : बुधबार, माघ २४, २०८१ |
१७:५९:५०
925