सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, माघ ३०, २०८१ | १३:३१:१०
चितवन, २९ माघ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा छ सय रुपैयाँले बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, माघ ३०, २०८१ |
१३:३१:१०
2751










