आज कति पुग्याे सुनकाे भाउ ?
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १०, २०८१ | १४:३७:२८
चितवन, ०९ फागुन । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ ।
आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १०, २०८१ |
१४:३७:२८
881