सेयर बजारमा सामान्य सुधार, काराेबार कति ?
प्रकाशित मिति: सोमबार, फाल्गुण १३, २०८१ | १७:०७:४०
चितवन, १२ फाल्गुन । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले बढेर २ हजार ७५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९ , उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समुह ५८.१४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १३, २०८१ |
१७:०७:४०
573