सामान्य बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: बिहिबार, फाल्गुण २३, २०८१ | ११:२२:२८
चितवन, २२ फाल्गुन । नेपाली बजारमा बिहिबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २३, २०८१ |
११:२२:२८
1255