पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला, रेल सेवा अवरुद्ध
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २४, २०८१ | १७:०४:३२
चितवन, २३ फाल्गुन । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ ।
रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा हो । बम भेटिएको खबरसँगै शुक्रबार रेल सेवा अवरुद्ध भएको हो ।
फ्रान्सको राष्ट्रिय रेल सञ्चालक ‘एसएनसीएफ’का अनुसार पेरिसको ‘गारे डु नर्ड’ स्टेशन नजिकै रेलवे लिकमा दोस्रो विश्वयुद्धतिरको बम फेला परेको हो । यो रेलवे स्टेशनले दैनिक ६ लाखभन्दा बढी यात्रीलाई सेवा प्रवाह गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २४, २०८१ |
१७:०४:३२
683